• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

बिपीको सालिक तोडफोड



रौतहट, भदौ ७ । गौर नगरपालिकास्थित बिपी चोकमा रहेको बिपी कोइरालाको सालिकमा आइतबार तोडफोड भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिपी कोइरालाका सालिकमा तोडफोड गरेका हुन् । मोर्चाद्वारा गरिएको लाठी प्रदर्शनसहितको जुलुसको क्रममा एक जत्थाले सालिक तोडफोड गरेका हुन् । जिल्ला अदालत चोकदेखि सुरु भएको लाठी जुलुस प्रदर्शन गौरका विभिन्न क्षेत्रमा परिक्रमा गर्दै बिपी चोक पुग्दा आक्रोशित कार्यकर्ताले सो सालिक तोडफोड गरेका हुन् । रासस