• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

भूकम्पपछि ठप्प सगरमाथा आरोहण पुन: सुरु



वैशाख १२ गते गएको भूकम्पपछि रोकिएको सगरमाथाको आरोहण अभियान आरम्भ भएको पर्यटन विभागले जनाएको छ।

अर्को साताबाट सुरु हुने शरद ऋतुकालीन आरोहणका निम्ति १५ वटा टोलीले सगरमाथालगायत विभिन्न हिमाल आरोहणको लागि दर्खास्त दिएको विभागले जनाएको छ।अघिल्लो वर्ष हिमपहिरो र यो वर्ष भूकम्पका कारण प्रभावित भएको सगरमाथा आरोहणको अभियानका लागि दुईजना जापानी रहेको टोलीले हिजो पर्यटनमन्त्री कृपासुर शेर्पाबाट अनुमति पत्र लिएका हुन्।

त्यससँगै यो वर्ष सगरमाथा आरोहणको अभियान पुन: सुरु भएको पर्यटन विभागका महानिर्देशक गोविन्द बहादुर कार्कीले बताए।उनले भने, “पर्यटन क्षेत्रका लागि खुशीको कुरा भन्नुपर्छ, आइतबार एउटा जापानी टोलीले सगरमाथा चढ्ने अनुमति पाएको छ, उनीहरुले सोमबारबाटै आरोहणको काम सुरु गर्न सक्छन्।”

अघिल्लो वर्ष यो ऋतुमा १ सय ८३ वटा टोलीले विभिन्न हिमालहरुको आरोहण गरेको थियो।यो वर्ष भूकम्पपछि पर्यटनका अन्य क्षेत्रमा जस्तै सगरमाथालगायतका हिमालहरुको आरोहणमा पनि ठूलो असर पर्ने चिन्ता व्यक्त भइरहेका छन्। तर पर्यटन विभागले अहिलेसम्मको अवस्था हेर्दा त्यति निराश हुनु नपर्ने बताएको छ।

महानिर्देशक कार्की भन्छन्, “केही न केही असर चाहिँ पर्छ तर त्यस्तो धेरै नै नघट्ला भन्ने हाम्रो अनुमान छ। आरोहण गर्नेहरुको संख्या एक तिहाई जति घटे पनि आधा नै त नघट्ला।”यो वर्ष दर्खास्त दिएका १५ मध्ये सगरमाथा जाने १ सहित अन्य हिमालका लागि ११ वटा टोलीले अनुमति पाइसकेको विभागले जनाएको छ।http://www.bbc.com/nepali/news/2015/08/150823_everest_expedition