• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

चार विश्वविद्यालयमा उपकुलपति नियुक्ति



काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले चार विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्नुभएको छ । 

विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयमा प्रा डा तीर्थ खनिया, नेपाल संस्कृत विश्वविद्यालयमा कुलप्रसाद कोइराला, पूर्वाञ्चल विश्वविद्यालयमा घनश्यामलाल दास र सुदूरपश्चिम विश्वविद्यालयमा भूषण श्रेष्ठलाई नियुक्ति गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी गराउनुभयो ।
उपकुलपतिविहीन भएका मुलुकका सात विश्वविद्यालयमध्ये चारवटामा नियुक्तिका लागि शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले प्रधानमन्त्री सुशील कोइरालालाई सिफारिस गरेको थियो । रासस