• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओली आज इलाम जाँदै, चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने ★   स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री ★   ९२ हजार विस्थापितका घर बन्नै बाँकी ★   बोलेरो गाडी र मोटरसाइकल जुध्दा झापामा तीन जनाको मृत्यु ★   हिमाल पारीको जिल्ला मुस्ताङको सौन्दर्य (फोटो फिचर) ★   लगानी सम्मेलनमा ५२ देशका ६३४ जना आउने निश्चित ★   डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप, वन्यजन्तु गाउँ पसे ★   दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता हुँदै ★   चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ ★   स्टोइनिसको आईपीएल करिअरको पहिलो शतकमा लखनउले चेन्नईलाई ६ विकेटले हरायो

कालेश्वर प्राथमिक विद्यालय भवन पुनःनिर्माण गरिने



ललितपुर, ७ भदौ । लगातारको भूकम्पबाट प्रभावित कालेश्वर गाविसस्थित कालेश्वर प्राथमिक विद्यालय भवन पुनःनिर्माणका लागि नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखा र युएनडिपी नेपाल कर्मचारी सङ्गठनबीच समझदारी भएको छ । 

शाखाका कावा सभापति बेखामान व्यञ्जनकार र युएनडिपी कर्मचारी सङ्गठनको तर्फबाट कल्पना सरकारले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । समझदारी बमोजिम रु नौ लाखको लागतमा सो विद्यालयको छ कोठे भवनको पुनःनिर्माण गरिनेभएको छ । रासस

बाह्रवर्षे सिंह अस्त मेलामा आकस्मिक प्राथमिक उपचार सेवा 
बाह्रवर्षे गोदावरी सिंह अस्त मेलामा सहभागीलाई उपचार सेवा उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखाका कार्यबाहक सभापति बेखामान व्यञ्जनकारको नेतृत्वमा आकस्मिक प्राथमिक उपचार टोली परिचालन गरिएको छ ।
मेला भर्न आउनेहरुलाई आकस्मिक प्राथमिक उपचार सेवा उपलब्ध गराउन गोदावरी मेला व्यवस्थापन समिति र नेरेसो ठैव उपशाखासँग समेत समन्वय गरी जिल्ला शाखाअन्तर्गतका २३ वटै उपशाखालाई सहभागिता गराइने भएको छ ।
जिल्लाका रेडक्रस सदस्य तथा स्वयम्सेवक गरी एक हजार ५०० जना परिचालन सो मेलामा भक्तजनको सुविधाका लागि घुम्ती प्राथमिक उपचार टोलीसमेत परिचालन गरिनेभएको छ । एक महिनासम्म चल्ने सो मेलामा ५० लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ । रासस