• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

कैलालीमा एसएसपीसहित ९ को मृत्यु पुष्टी, केहि हराइरहेको, सुरक्षा परिषद् बैठकबाट सेना परिचालन



काठमाडौं भदौं ७ । कैलाली जिल्लाको को टीकापुरमा थरुहट आन्दोलकारीको आक्रमणबाट कम्तिमा ९ जना प्रहरीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । कैलालीको मुनुवा गाविस– ६ सिलम चौराहमा कफ्र्यू तोडेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको आक्रमणबाट सेती अञ्चल कार्यालयका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित पाँच प्रहरीको मृत्यु भएको हो । मृत्यु हुने अन्य प्रहरीहरुमा प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दारद्वय रामरिझन चौधरी र ललित साउद, जवानद्वय लोकेन्द्र चन्द र तेजबहादुर खड्का रहेका छन् । केहि प्रहरीहरु हराइरहेकाले आन्दोलनकारी तर्फपनि केहिको मृत्यु भएकाले मृत्यकको संख्या बढ्न सक्ने प्रहरीको दाबी छ । अर्का दुई जनाको नाम खुलेको छैन । प्रदर्शनकारीले भाला, बञ्चरो लगायतका घरेलु हतियार प्रहार गरी प्रहरीको हत्या गरेको प्रहरीले बताएको छ । घटनामा दर्जनौं प्रहरीहरु घाइते भएक छने भने उनीहरुलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । प्रदर्शनकारीतर्पm समेत हताहती भएको हुनसक्ने बताइएको छ ।कैलाली जस्तै घटनाहरु सर्लाही र रौतहटमा पनि भएको गृहमन्त्री बामदेव गौतमले संसद बैठकलाई जानकारी गराएका छन् ।

सोमवार नै बसेको सुरक्षा परिषद् बैठकले हिंसात्मक घटना नियन्त्रण गर्न सेना परिचालन गरेको गृहमन्त्री गौतमले जानकारी गराए ।