• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन

दङ्गा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न आदेश : गृहमन्त्री गौतम



काठमाडौँ, भदौ ७ । नेपाल सरकारले केही जिल्लाको शान्तिसुरक्षाको दृष्टिगत गरी दङ्गा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न आदेश दिएको छ । 

आज यहाँ बसेको सुरक्षा समितिको बैठकले कैलाली, सर्लाही, रौतहट लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय प्रशासन ऐनअनुरुप सो आदेश दिएको उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका–संसद्मा जानकारी दिनुभएको हो ।
कैलालीको टीकापुरमा आज दिउँसो घटेको घटनाका बारेमा सदनलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रदर्शनकारीले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेलाई भालाले घोपेर, सशस्त्र प्रहरीका हबलदार राम विराहीलाई जिउँदै जलाएर र अन्य तीन प्रहरीलाई काटेर मारेका छन् ।”  घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही जवान हराइरहेका जानकारी दिँदै उहाँले प्रदर्शनकारी टीकापुरका स्थानीयवासीका घरमा लुकेर बसेको बताउनुभयो ।
गृहमन्त्री गौतमले आज दिउँसो ११ बजे टीकापुर क्षेत्रमा चारैतिरबाट हातमा बन्चरो, खुँडा लिएर आएकाले टीकापुरको निषेधित क्षेत्र तोड्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेराबन्दी तोडेर आक्रमण गर्न थालेको गृहमन्त्रीले जानकारी दिनुभयो ।
प्रदर्शनकारीले थरुहट नारा लगाएको राष्ट्रिय झन्डा भुइँतिर लगाएको उहाँले बताउनुभयो । आइतबार कैलालीमा थरुहट, अखण्ड सुदूरपश्चिम तथा दलका प्रतिनिधिका बीचमा सद्भाव कायम राख्दै उत्तेजना, जातीय सद्भाव खलबलिने कार्यक्रम नगर्ने सहमति भएको तर सहमतिको एक दिन बित्न नपाउँदै सो घटना घट्नु दुःखद हो गृहमन्त्री गौतमले भन्नुभयो ।
यसैगरी प्रदर्शनकारीले रौतहटको गौरमा प्रदर्शनी गरिरहेको र उनीहरुले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अदालतमाथि आक्रमण गर्न सुरु गरेको जानकारी उहाँले सदनलाई गराउनुभयो ।
यसैगरी सर्लाहीको मलङ्गवामा पनि प्रदर्शनकारीले प्रदर्शन गरिरहेको जानकारी गराउँदै उहाँले संविधान जारी गर्ने अन्तिम समयमा आएर जातीय र क्षेत्रीय सद्भाव नभड्काउन आह्वानसमेत गर्नुभयो ।
उहाँले षडयन्त्रपूर्ण खेलका रुपमा घटना घटाइएको, जातीय सद्भाव भड्काउने, साम्प्रदायिक सद्भावमा खलल पु¥याउने घटना भएकाले सार्वभौमसत्ता सम्पन्न सदनले आज नै देशवासीलाई संयमित रहन आग्रह गरेर आह्वान गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । रासस