• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   ‘सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो’: प्रधानमन्त्री दाहाल ★   मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु ★   आईपीएल: दोस्रो स्थानको लागि हैदरावाद र दोस्रो जितको लागि बेंगलुरु भिड्दै ★   सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ: प्रधानमन्त्री ★   जब पन्तले धोनीको सिग्नेचर हेलिकप्टर शट खेले… ★   प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! ★   १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री ★   समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछ: उद्योगमन्त्री भण्डारी (अन्तरवार्ता) ★   आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल ★   डढेलोले खोटाङमा तेह्र घर खरानी

साफ च्याम्पियनसिपः नेपाल समूह विजेताका साथ सेमिफाइनलमा



काठमाडौँ, ७ भदौ । पहिलो पटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल आज बङ्गलादेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल सेन्टरको खेल मैदानमा भएको सो प्रतियोगितामा नेपाल बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै समूह ए को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको पहिलो हाफको ११ औँ मिनेटमा रोहित सरकारले बङ्गलादेशका लागि गोल गरे ।
त्यस्तै खेलको १८ औँ मिनेटमा नेपालका अञ्जान विष्टले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
निर्धारित समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अन्ततः नेपाललाई जित दिलाउन बङ्गलादेशका खेलाडीले नै सहयोग गरे । बङ्गलादेशका टुटुल बदशाहले खेलको दोस्रो हाफको इन्जुरी समयमा आत्मघाती गोल गरिदिएपछि नेपालको जित सुनिश्चित हुन पुग्यो ।
नेपाल जारी प्रतियोगितामा शीर्ष छ अङ्क जोड्दै समूह ए को समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै बङ्गलादेश तीन अङ्कका साथ उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश ग¥यो । नेपालले पहिलो खेलमा भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको तथा बङ्गलादेशले भुटानलाई २–० ले गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तीन अङ्क जोडेको थियो । मङ्गलबार समूह ‘बी’अन्तर्गत अपराह्न ३ः३० बजे माल्दिभ्सले भारतको सामना गर्नेछ । रासस