• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   महिन्द्र राय यादवको आरोपः बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो ★   ओलीप्रति माधव नेपालको टिप्पणीः अरुलाई चुनौति दिने काम नगरौँ ★   नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली

उत्तरी फिलिपिन्समा आँधीबाट २६ को मृत्यु



मनिला,  भदौ ७ । उत्तरी फिलिपिन्समा आएको शक्तिशाली सामुद्रिक आँधी गोनीका कारण २६ व्यक्तिको मृत्यु भएको समाचार छ । 

उत्तरी फिलिपिन्सको पहाडी इलाकामा पर्ने दुर्गम गाउँ मन्कायानमा उद्धारकर्ताहरुले पहिरोमा पुरिएका १३ जना कामदारको शव निकालेपछि सो सङ्ख्या २६ पुगेको हो ।
गोनी नामक यस आँधीबाट प्रभावित इलाकाबाट हजारौँ व्यक्ति भागेका बताइएको छ । सो पहिरोमा अझै कति कामदार बेपत्ता भएका छन भन्नेबारेमा भने आधिकारीक रुपबाट पुष्टि भएको छैन ।
गोनीका कारण उत्तरी फिलिपिन्सको ठूलो भाग एक हप्तादेखि प्रभावित भएको छ । यसबाट हजारौँ घर ध्वस्त भएको र १२ हजार व्यक्ति विस्थापित भएका छन् ।
मन्कायान खानीमा बेपत्ता भएका व्यक्तिहरुको आधिकारिक पुष्टि नगरिएको भए तापनि चार बेपत्ता भएको अनुमान गरिएको छ ।
फिलिपिन्समा हरेक वर्ष करिब २० वटा आँधी आउने गरेको छ । यस आँधीले जापानको क्युसु द्विपलाई प्रत्यक्ष प्रभाव पारेको जापान मौसम विज्ञान विभागले बताएको छ । रासस-एएफपी