• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   नेपाललाई ६ विकेटले हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा ★   युएईविरुद्ध नेपाललाई चौंथो सफलता ★   बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु ★   भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड ★   दाङमा आगलागीबाट एकको मृत्यु ★   वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल ★   कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी होः सहमहामन्त्री राठोर ★   सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत ★   युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दुई विकेट ★   सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छः अध्यक्ष ढकाल

उत्तरी फिलिपिन्समा आँधीबाट २६ को मृत्यु



मनिला,  भदौ ७ । उत्तरी फिलिपिन्समा आएको शक्तिशाली सामुद्रिक आँधी गोनीका कारण २६ व्यक्तिको मृत्यु भएको समाचार छ । 

उत्तरी फिलिपिन्सको पहाडी इलाकामा पर्ने दुर्गम गाउँ मन्कायानमा उद्धारकर्ताहरुले पहिरोमा पुरिएका १३ जना कामदारको शव निकालेपछि सो सङ्ख्या २६ पुगेको हो ।
गोनी नामक यस आँधीबाट प्रभावित इलाकाबाट हजारौँ व्यक्ति भागेका बताइएको छ । सो पहिरोमा अझै कति कामदार बेपत्ता भएका छन भन्नेबारेमा भने आधिकारीक रुपबाट पुष्टि भएको छैन ।
गोनीका कारण उत्तरी फिलिपिन्सको ठूलो भाग एक हप्तादेखि प्रभावित भएको छ । यसबाट हजारौँ घर ध्वस्त भएको र १२ हजार व्यक्ति विस्थापित भएका छन् ।
मन्कायान खानीमा बेपत्ता भएका व्यक्तिहरुको आधिकारिक पुष्टि नगरिएको भए तापनि चार बेपत्ता भएको अनुमान गरिएको छ ।
फिलिपिन्समा हरेक वर्ष करिब २० वटा आँधी आउने गरेको छ । यस आँधीले जापानको क्युसु द्विपलाई प्रत्यक्ष प्रभाव पारेको जापान मौसम विज्ञान विभागले बताएको छ । रासस-एएफपी