• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

सुदूरपश्चिमका नेपाल प्रहरी र सशस्त्र प्रहरीका नायब प्रहरी महानिरीक्षक परिवर्तन



काठमाडौँ, ८ भदौ । कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुदूरपश्चिम विकास क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक परिवर्तन गरेको छ । नेपाल प्रहरीका नायब महानिरीक्षक रामकुमार खनालको स्थानमा माधव नेपाललाई र सशस्त्र प्रहरीका खडानन्द चौधरीको स्थानमा सुरज श्रेष्ठलाई पठाएको गृह प्रवक्ता लक्ष्मी ढकालले जानकारी दिनुभयो । खनाल र चौधरीलाई दुबै प्रहरीको प्रहरी केन्द्रीय कार्यालयमा फिर्ता बोलाइएको छ । मन्त्रालयले आन्दोलनकारीको आक्रमणमा मारिएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको स्थानमा दिनेश अमात्यलाई पठाएको छ । सोमबार वरिष्ठ प्रहरी उपरीक्षकसहितका सात सुरक्षाकर्मी र एक बालक आन्दोलनकारीको आक्रमणमा मारिएका थिए ।