• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा ★   अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैनः अनमोल… ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा ★   रामहरि श्रेष्ठको हत्या प्रकरण: खाम पक्राउ परेपछि थ्रेट आयो-रमिला श्रेष्ठ ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीले गरे दाबी पेश ★   पीडित श्रेष्ठ परिवारसँग भेटेपछि गृहमन्त्रीले भनेः व्यक्ति नभई मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु ★   सांसद डा शर्माद्वारा बाल अस्पताललाई रु २० लाख सहयोग ★   नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण ★   रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल ★   काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड

सुदूरपश्चिमका नेपाल प्रहरी र सशस्त्र प्रहरीका नायब प्रहरी महानिरीक्षक परिवर्तन



काठमाडौँ, ८ भदौ । कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुदूरपश्चिम विकास क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक परिवर्तन गरेको छ । नेपाल प्रहरीका नायब महानिरीक्षक रामकुमार खनालको स्थानमा माधव नेपाललाई र सशस्त्र प्रहरीका खडानन्द चौधरीको स्थानमा सुरज श्रेष्ठलाई पठाएको गृह प्रवक्ता लक्ष्मी ढकालले जानकारी दिनुभयो । खनाल र चौधरीलाई दुबै प्रहरीको प्रहरी केन्द्रीय कार्यालयमा फिर्ता बोलाइएको छ । मन्त्रालयले आन्दोलनकारीको आक्रमणमा मारिएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको स्थानमा दिनेश अमात्यलाई पठाएको छ । सोमबार वरिष्ठ प्रहरी उपरीक्षकसहितका सात सुरक्षाकर्मी र एक बालक आन्दोलनकारीको आक्रमणमा मारिएका थिए । 




भर्खरै