• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली ★   संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छः अध्यक्ष ओली ★   सुनकोसी मरिण डाइभर्सनः सुरुङ खन्न एक सय १० मिटर बाँकी ★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा ★   नीति र नेतृत्वमा एमालेभित्र विवाद छैनः अध्यक्ष ओली ★   टेस्लाका मालिक मस्कले किन गरे भारत भ्रमण स्थगित ? ★   एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु ★   महिला टोलीका ६ जनाले मलेसिया सुपर वुमन्स कप खेल्ने

दिनमा मात्र पन्ध्र मिनेटको श्रमले चन्द्रबहादुरले बनाए बाह्रवटा चौतारी



म्याग्दी, ९ भदौ । जिल्लाको बेनी नगरपालिका–४ खबराका चन्द्रबहादुर कार्कीले प्रतिदिन १५ मिनेट श्रमदान गरेर विभिन्न स्थानमा १२ वटा चौतारी निर्माण गर्नुभएको छ ।

कार्कीले एक दिनमा १५ मिनेटका दरले श्रमदान गर्न थालेपछि गाउँको सरसफाइमा निकै सुधार हुनुका साथै गाउँलेमा पनि सामाजिक कार्यतर्फ रुचि बढ्न थालेको छ । विगत ६ महिनादेखि दैनिक १५ मिनेटका दरले श्रमदान गरेर कार्कीले बेनी नगरपालिका–४ अन्तर्गतका खवरा, रोहोटे, बगरफाँटका गाउँलगायत सामुदायिक वन क्षेत्र र बाटोमा १२ वटा चौतारी निर्माण गर्नुभएको स्थानीयवासी रामबहादुर सापकोटाले जानकारी दिनुभयो ।

दैनिक १५ मिनेटको श्रमदानले प्रत्येक टोलमा फोहर फाल्ने खाल्डो निर्माण भइसकेको छ भने बेनपा–४ खवरादेखि बेनी आउने बाटो पनि सफा रहनुका साथै पायक पर्ने विभिन्न १२ भन्दा बढी स्थानमा चौतारो निर्माण गरिएको कार्कीले बताउनुभयो । गाउँका लागि सरसफाइ, पानीका मुहान सरसफाइ, वृक्षरोपण, चौतारो निर्माण लगायतका काम गरिसकेका कार्कीले एक दिनमा १५ मिनेटको श्रमदानले सामाजिक सद्भावसमेत बढाएको जानकारी दिनुभयो ।

समाजका लागि काम गर्दा आपसी भेटघाट बढ्नुका साथै सद्भावसमेत बढ्ने गरेको छ कार्कीले भन्नुभयो । समाजको काममा त्यो समाजमा बस्ने सबैको दायित्व हुन्छ भन्ने बोध गराउन र सामाजिक कार्यमार्फत परिचित हुने उद्देश्यले सुरु गरेको चौतारी निर्माण र वरपिपल अभियानबाट आफूलाई आत्मसन्तुष्टि प्राप्त भएको कार्कीको भनाइ छ । रासस