• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   तोलामा रु सात सयले बढ्यो सुनको मूल्य ★   युएईविरुद्ध नेपालको खराब सुरुवात, गुमायो तेस्रो विकेट, रोहित ५ रनमा आउट ★   युएईविरुद्ध नेपाललाई दोस्रो झट्का, ८ रन जोडेर आउट भए आसिफ ★   युएईविरुद्ध कुशल भुर्तेल गोल्डेन डकआउट ★   धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ★   युएईविरुद्ध नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने ★   शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी ★   हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना ★   रोहित शर्मा २५० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी ★   प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

८ प्रदेश नभए संविधानसभाबाट बाहिरिन्छु : गच्छदार, संविधानसभा चार दलको भारदारीसभा : कमल थापा



काठमाडौं, भदौ ९ । संविधानसभाको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभा चार दलको भारदारीसभा भएको आरोप लगाएका छन् ।

बुधवारदेखि शुरु भएको संविधानको मस्यौदा विधेयकमाथिको छलफलमा भाग लिंदै अध्यक्ष थापाले भने ‘चार दलका शीर्ष नेताहरुले संविधानसभालाई राणाकालिन भारदारी बनाउन खोजेका छन् ।’ उनले मस्यौदा समितिका सभापति कृष्ण सिटौलालाई राणाकालीन फर्मान सुनाउने रहरबाट मुक्त हुन आग्रह गरे । थापाले पटक पटक भारदरी सभा भनेपछि एमाले सभासद कर्णबहादुर थापाले नियमापत्ति गरेका थिए ।

छलफलमा सहभागीहुँदै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले भने आठ प्रदेशले मात्र थारु, मधेसी र जनजातिलाई सम्बोधन गर्न सक्ने दावी गर्दै भने ‘सात प्रदेशले पहाडलाई सम्बोधन गरेको छ तर मधेसी र थारु समुदायको आवाजलाई सम्बोधन गर्न सकेन ।’

‘म अन्तिम समयसम्म प्रक्रिया छु । तर, आदिवासी जनजाति, थारु र मधेसीको चित्तबुझ्दो भएन भने मेरो पार्टी र म यो प्रक्रियाबाट बाहिर जान्छु’, गच्छदारले चेतावनी दिए ।

गच्छदारले कैलालीको टीकापुरमा भएको घटनालाई कसैले राम्रो नमान्ने बताए । तर अहिले थारुहरुको घर जलाइएको भन्दै उनले भने(यस्तो हिंसात्मक प्रवृत्तिलाई रोक्नुपर्छ । तर, राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा नै खोज्नुपर्छ ।’