• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   माओवादी नेता हरिवोल गजुरेलको दाबी – सुहाङले जितीसके ★   कृषिमा कायापलट ल्याउन अबको १५ वर्ष कृषिलाई प्राथमिकता दिन जरुरी: कृषिमन्त्री साह ★   प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियत धान्न सम्भव छैन: कुलमान घिसिङ ★   सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नुपर्छ – सुहाङ ★   यस्तो छ इरफान पठानले टी–२० विश्वकपका लागि छानेको भारतको १५ सदस्यीय टोली ★   एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै ★   कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ ★   जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित ★   चेन्नईका फ्यानहरूको बीचमा लखनउका एक मात्र फ्यानले मजा लुटे ★   त्रिपालको ओतमुनि तातोपानी कुण्ड: बिरामीलाई सास्ती

८ प्रदेश नभए संविधानसभाबाट बाहिरिन्छु : गच्छदार, संविधानसभा चार दलको भारदारीसभा : कमल थापा



काठमाडौं, भदौ ९ । संविधानसभाको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभा चार दलको भारदारीसभा भएको आरोप लगाएका छन् ।

बुधवारदेखि शुरु भएको संविधानको मस्यौदा विधेयकमाथिको छलफलमा भाग लिंदै अध्यक्ष थापाले भने ‘चार दलका शीर्ष नेताहरुले संविधानसभालाई राणाकालिन भारदारी बनाउन खोजेका छन् ।’ उनले मस्यौदा समितिका सभापति कृष्ण सिटौलालाई राणाकालीन फर्मान सुनाउने रहरबाट मुक्त हुन आग्रह गरे । थापाले पटक पटक भारदरी सभा भनेपछि एमाले सभासद कर्णबहादुर थापाले नियमापत्ति गरेका थिए ।

छलफलमा सहभागीहुँदै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले भने आठ प्रदेशले मात्र थारु, मधेसी र जनजातिलाई सम्बोधन गर्न सक्ने दावी गर्दै भने ‘सात प्रदेशले पहाडलाई सम्बोधन गरेको छ तर मधेसी र थारु समुदायको आवाजलाई सम्बोधन गर्न सकेन ।’

‘म अन्तिम समयसम्म प्रक्रिया छु । तर, आदिवासी जनजाति, थारु र मधेसीको चित्तबुझ्दो भएन भने मेरो पार्टी र म यो प्रक्रियाबाट बाहिर जान्छु’, गच्छदारले चेतावनी दिए ।

गच्छदारले कैलालीको टीकापुरमा भएको घटनालाई कसैले राम्रो नमान्ने बताए । तर अहिले थारुहरुको घर जलाइएको भन्दै उनले भने(यस्तो हिंसात्मक प्रवृत्तिलाई रोक्नुपर्छ । तर, राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा नै खोज्नुपर्छ ।’