• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल

नुवाकोटमा ३५ महिला बालबालिका बेपत्ता, दलालले बिक्री गरेको आशंका



नुवाकोट भदौ ९। वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नुवाकोट जिल्लाबाट महिला तथा बालिका हराउने क्रम बढेको छ ।

त्यसअघि ग्रामीण भेगबाट महिला तथा बालिकालाई बिक्रीका लागि दलालले फाट्टफुट्ट लैजाने गरेकोमा पछिल्लो चार महिनामा यो सङ्ख्या ह्वात्तै बढेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले उपलब्ध गराएको तथ्याङ्कअनुसार अहिलेसम्ममा ४७ जना महिला तथा बालिका हराएकोमा १० जना मात्रै फेला परेका छन् । भूकम्पपछि ३४ जना महिला र १३ जना बालिका हराएका थिए । त्यसमध्ये सातजना महिला र तीनजना बालिका फेला परेको नुवाकोटका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

महिला तथा बालिका हराएको अनुपातमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी कमै आउने गरेको छ । प्रहरीलाई प्राप्त हुने जाहेरीमा पनि बिक्रीकै लागि भनेर उल्लेख नहुने गरेको प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको सङ्ख्याको आधारमा १३ जना बालबालिका हराएका छन् । त्यसमध्ये, तीनजना मात्रै भेटिएको प्रहरीले जनाएको छ तर भेटिएपछि आफन्त परिवारले प्रहरीलाई जानकारी दिने नगरेकाले हराउनेको सङ्ख्या बढ्दै जाने र भेटिनेको विवरण कम हुने गरेको प्रहरी निरीक्षक थापाले बताए ।
विसं २०२२ देखि नुवाकोटबाट महिला बिक्रीको क्रम सुरु भएकोमा पछिल्ला वर्षमा मानव बिक्री र ओसारपसारको घटनामा कमी आएको थियो । विशेषगरी घ्याङ्फेदी, उर्लेनी, बेतिनी, गाउँखर्क, राउतवेंसी, शिखरवेंसी, सुन्दरादेवी, समुन्द्रटार, बालकुमारीलगायतका गाउँ विकास समितिबाट महिला तथा बालिका बिक्री हुँदै आएका छन् ।

भूकम्पअघि फाट्टफुट्ट हुनेगरेको महिला बिक्रीको घटना पछिल्लो चार महिनादेखि ह्वात्तै बढेको छ । ग्रामीण भेगका महिलालाई रोजगारी र सम्पत्तिको आकर्षण देखाएर दलालले भारतको यौनबजारमा लगेर बिक्री गर्ने गरेको मानव बिक्रीविरुद्धको अभियानमा सक्रिय व्यक्ति तथा सङ्घसंस्थाले जनाएका छन् ।भूकम्पपछि विदुर नगरपालिकाभित्रबाट पनि बालिका हराउन थालेका छन् । उनीहरु पनि दलालको फन्दामा परेर भारतको यौन बजारमा बेचिएको अनुमान गरिएको छ । रासस