• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित ★   प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’ ★   केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु ★   पाकिस्तानमा वर्षाका कारण ७१ जनाको मृत्यु, ६७ घाइते ★   गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले गैरकानूनी काम गरेको काँग्रेसको आरोप ★   प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने ★   आईपीएलमा आजः लखनउको मैदानमा चेन्नईको चुनौती ★   पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि ★   ८० करोड लगानीमा फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिञ्ज उत्पादन शुरु ★   बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

टीकापुरमा छानबिनका लागि केही पक्राउ



धनगढी, भदौ ९ । टीकापुरमा तीन दिनअघि भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थिति आज केही सामान्य देखिएको छ ।

शान्ति सुरक्षाको स्थिति बिग्रन नदिन सेना र प्रहरीको गस्ती परिचालन गरिएपछि त्यहाँको स्थिति सामान्य बन्दै गएको हो ।

प्रहरी र सेनाको संयुक्त गस्तीसँगै आज त्यहाँ तोडफोडजस्ता हिंसात्मक क्रियाकलाप हुन नपाई स्थिति मङ्गलबारको तुलनामा सामान्य देखिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सुमन धितालले बताउनुभयो ।

स्थानीय प्रशासनले घटनालगत्तैबाट टीकापुर नगर क्षेत्रमा अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ । यस्तै, टीकापुर नगर र भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका गाविस क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरिएको छ ।

दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएका गाउँबस्तीमा सेना र प्रहरीसहितले गस्ती गरेपछि आसपासका गाविस क्षेत्रमा एकखालको सन्नाटा छाएको मात्र नभई स्थानीय अझै आतङ्कित नै छन् ।

निषेधाज्ञाको उल्लङ्घन गर्दै मङ्गलबार टीकापुर र आसपासका केही गाउँमा एक समूहले मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का सभासद् जनकराज चौधरीको घरका साथै स्थानीय केही सर्वसाधारणका घर÷पसलमा तोडफोड गरेपछि अझै पनि हिंसा भड्किन सक्ने भन्दै स्थानीय आतङ्कित बनेका हुन् ।

छानबिनका लागि पक्राउ

प्रहरीले सोमबार टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको भन्दै छानबिनका लागि थारुहटका केही स्थानीय कार्यकर्तालाई आज पक्राउ गरेको छ ।

संयुक्त गस्ती टोलीले जोशीपुरका सुन्दरलाल चौधरी, झपटनारायण कुस्मी, खडक चौधरी, प्रेम चौधरी, मुनुवाका रामचन्द्र चौधरी, नारायणपुरका रामजनम चौधरी, मुनुवाका सुन्दर कठरिया, दीलबहादुर चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया र हरिनारायण चौधरीलगायतलाई छानबिनका लागि पक्राउ गरेको नाम उल्लेख नगर्ने शर्तमा सुरक्षा निकायको उच्च स्रोतले जनाएको छ । सुरक्षा स्रोतले घटनामा संलग्न अएको भन्दै पक्राउ गरिएकाको बारेमा थप विवरण दिन भने मानेनन् ।

पत्रपत्रिकाको प्रकाशन बन्द

घटनापछि टीकापुर क्षेत्रबाट प्रकाशन हुँदै आएका पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ । टीकापुरबाट चार-पाँचवटा पत्रिका प्रकाशन हुँदै आएका थिए । त्यहाँस्थित रेडियो फूलबारी एफएममा मङ्गलबार भएको तोडफोडपछि त्यसको प्रसारणसमेत बन्द भएको छ । एफएममा भएको तोडफोड र स्थानीय केही पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ । रासस