• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   कतारका राजा काठमाडौँमा ★   ६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ★   नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन: मन्त्री भण्डारी ★   रिसाएकी पत्नीलाई कसरी फकाउने ? ★   हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा ★   कतारका राजालाई स्वागत गर्दै लिङ्देनको प्रतिक्रिया – ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ ★   सरकारले व्यवसायीको हकहतिमा काम गर्नुपर्छ : सांसद डा शर्मा ★   राजस्थान रोयल्ससँगको लज्जास्पद हारपछि के भने हार्दिक पाण्ड्याले ? ★   ‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’ ★   तनहुँका २३ सामुदायिक वनमा आगलागी: सबै नियन्त्रणमा

टीकापुर घटनाका घाइते हवल्दार नेगीको निधन, मृतको संख्या नौ पुग्यो



काठमाडौँ, भदौ १० । गत सोमबार टीकापुर घटनामा घाइते भएका नेपाल प्रहरीका हवल्दार जनक नेगीको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ । यससंगै टिकापुर घटनामा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।

महाराजगञ्जस्थित प्रहरी अस्पतालमा हवल्दार नेगीको उपचारको क्रममा विहीवार राति २ बजे निधन भएको प्रहरीका प्रवक्ता कमलसिंह बमले जानकारी दिए । सेती अञ्चल प्रहरी कार्यालय गुल्ममा कार्यरत उनी सोमबार कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएका थिए । कञ्चनपुरको झलारी घर भएका नेगीको पार्थिव शरीर विहीवार उनको गृह जिल्ला पठाइने प्रहरीले जनाएको छ ।

यसअघि टीकापुरमा सीमाङ्कनको विषयलाई लिएर आन्दोलनकारीले निषेधाज्ञा तोडी अघि बढ्दा भएको झडपमा परी सात प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।