• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना ★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस् ★   सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ ★   राजस्थानको लगातार दोस्रोे जित, दिल्लीलाई १२ रनले हरायो ★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा

पत्रकारले राष्ट्र र समाजलाई सम्झौं : काउन्सिल अध्यक्ष कार्की



 

देशका विभिन्न स्थानमा आन्दोलन भइरहेका छन् । ती आन्दोलनका समाचार र आन्दोलनसँग सम्बन्धी सामग्रीहरुले नै सामाजिक सद्भाव भड्काउने काम भइरहेको आरोप छ । यसै सन्दर्भमा मिडियालाई मर्यादित र जिम्मेवार बनाउने निकाय प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीसँग गरिएको कुराकानीका केही अंशहरु :



कैलाली लगायत देशमा भइरहेका आन्दोलनबारे मिडियामा कस्ता कस्ता सामग्रीहरु आएका छन् ?
कैलाली घटनाको सम्बन्धमा समाचार सामग्रीहरु प्रस्तुत गर्दा खेरी त्यहाँको भएको यर्थाथ विवरण के हो ? सत्य तथ्य सूचना प्रवाह गर्नुपर्ने सञ्चार माध्यमहरुले गर्नुपथ्र्यो । तर केही सञ्चार माध्यममा के देखियो भने हतार हतारमा समाचार बनाउने गरेकाले ८ जना मरेको पुष्टि भयो । २०–२२ जना मरेका छन् भन्ने गलत सूचना दिने जस्ता प्रवृत्तिका कामहरु भए । साथै केही घटनाको विषयमा समाचार सामग्री प्रकाशित गर्दा खेरी त्यो उत्तेजनालाई अझ उत्तेजना बढाउने किसिमका समाचार सामग्रीहरु प्रकाशित भएका देखिए । यस्तो उथलपुथल र सामाजिक सद्भाव खल्बलिरहेको स्थितिमा केही सञ्चार माध्यमहरुले प्रकाशित गरेका प्रसारण गरेका सामग्रीहरुले द्वन्द्वलाई अझ चर्काउने, सामाजिक सद्भावलाई अझ बिगार्ने देखा परेको छ ।


यस्तो थाहा पाउँदा प्रेस काउन्सिलको भूमिका के भयो ?
यो सम्बन्धमा प्रेस काउन्सिल नेपाल धेरै गम्भीर छ । हामी अनुगमन गरिहेका छौं । त्यस्ता सञ्चार माध्यमलाई हामीले सचेत गराइरहेका छौं । यदि अहिलेको परिस्थितिलाई बिर्गानको लागि आचार संहिताको उल्लंघन हुने कार्य हुन्छ भने काउन्सिल आचार संहिता अनुरुप कारबाही गर्न प्रतिबद्ध छ । यो बडो संवेदनशील घडि हो । सामान्य परिस्थिति होइन । यति बेला राष्ट्रलाई सम्झेर, नेपाली समाजलाई सम्झेर यहाँ द्वन्द्व गराउने भन्दा पनि समस्यालाई समाधान कसरी गराउने भन्ने दिशातर्फ सञ्चार माध्यम र पत्रकार लाग्नुपर्छ ।काउन्सिलले अब कारबाही नै गर्छ त ?
हामीले सामुहिक रुपमा पनि अनुरोध गरेका छौं । सचेत गरेका छौं । साथै जसले गम्भीर रुपमा आचार संहिताको उल्लंघन गरेको छ । त्यो विषयमा सोधखोज गर्ने कारबाहीको प्रक्रियामा राखेर शुरुवात गरिरहेका छौं ।

सामाजिक सद्भाव कायम गर्न मिडियाको भूमिका कस्तो हुनुपर्छ ?
यस्तो संवेदनशील घडीमा सञ्चारमाध्यम र पत्रकारको भूमिका ज्यादै उत्तरदायी र जिम्मेवारपूर्ण हुनुपर्छ । सञ्चार माध्यम र पत्रकारबाट गरिने सामान्य गल्तीले पनि मुलुकले गम्भीर क्षति व्यहोर्नुपर्ने स्थिति हुन्छ । त्यसतर्फ सबै सञ्चार माध्यम र पत्रकारको गम्भीरतापूर्वक ध्यान जानुपर्ने आवश्यकता छ ।