• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा… ★   राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता ★   ‘नमेटिने घाउ’ मा ओलीको अभिनयसँगै सकियो चलचचित्रको छायांकन ★   राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनीवासमा भेटघाट ★   दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टिकाटिप्पणी भयो: सांसद पौडेल ★   लोकतन्त्रलाई बलियो बनाउन हरेकले आ–आफ्नो भुमिकालाई परिस्कृत गर्नुपर्छ: एमाले सचेतक बराल ★   ‘हार्दिक पाण्ड्याको लय भारतका लागि ठूलो समस्या’

गएरातिको पहिरोमा परी पाँचको मृत्यु भएको पुष्टि



नुवाकोट, ११ भदौ । नुवाकोटको गोस्र्याङ–२ काभ्रेमा गएराति पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । नजिकैको ढुङ्गाखानी बग्दा दुईवटा घर हराएको छ । ती घरमा कति जना थिए अझै खुल्न सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटले पाँचको मृत्यु भएको पुष्टि गरे पनि सनाखत हुन नसकेको जनाएको छ । स्थानीयवासीले दिएको जानकारीअनुसार पाँचको शव पुरिएको अवस्थामा देखिएको छ । बिहान सबेरै प्रहरी घटनास्थलमा पुगे पनि उद्धारमा कठिनाइ भएको छ । पहिरोबाट छजनालाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।
उद्धारका लागि प्रहरीको थप टोली घटनास्थलतर्फ प्रस्थान गरेको र घटनास्थल पुग्न अब चार घन्टा लाग्ने उहाँले बताउनुभयो । स्थानीयवासी राजाराम अधिकारीका अनुसार पहिरोमा अझै मानिस जीवितै रहेको अनुमान गरिएको छ । भौतिक क्षतिको अझै अनुमान गर्न सकिएको छैन । पहिरो बगिरहेकाले उद्धारमा कठिनाइ भएको र मृत्यु हुनेको शव निकाल्ने प्रयास भइरहेको छ ।
यसैबीच नुवाकोटको सामरी–७ मा पनि पहिरो गएको छ । घर बगाएको जानकारीपछि प्रहरी घटनास्थलतर्फ हिँडे पनि थप विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस