• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

गोसाइँकुण्डमा मेला भर्न भक्तजन जाने क्रम जारी



धुन्चे (रसुवा), ११ भदौ । जनै पूर्णिमा पर्वका अवसरमा मेल भर्न भक्तजन गोसाइँकुण्ड जाने क्रम बढेको छ । 

ट्राफिक प्रहरीका अनुसार आज बिहानसम्म पाँच सय भक्तजन तीर्थस्थलतर्फ प्रस्थान गरिसकेको र आउने क्रम बढिरहेको छ ।
तीर्थ गर्न काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काभ्रे, रौतहट, गोर्खा, सुर्खेत, कास्की, रामेछापलगायत स्थानबाट भक्तजन आएका छन् । गोसाइँकुण्डका आउने यात्रुमध्ये २० देखि ८४ वर्षसम्मका रहेको ट्राफिक प्रहरीले जनाएको छ । रासस