• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

हत्या, हिंसा बढ्न थालेपछि धमाधम तराई छाड्दै न्यायाधीशहरु



काठमाडौं, भदौ १८ । तराईका जिल्लाहरुमा हत्या, हिंसा बढ्दै गएपछि ती जिल्लाका अधिकांश न्यायाधीशहरु धमाधम काठमाडौं आउन थालेका छन् ।

तीन जिल्लाका १२ जना न्यायाधीशहरु त्यहाँ बस्न नसकेपछि काठमाडौं आइसकेका छन् भने अन्य जिल्ला न्यायाधीशहरुले पनि अवस्था हेरेर आउने सर्वोच्च अदालतलाई जानकारी दिएका समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

धनुषा, रौटहट र महोत्तरी जिल्लाका १२ जना न्यायाधीशहरुले तराईमा बस्न नसक्ने भएपछि सर्वोच्च अदालतको सम्पर्कमा रहने गरी आफूहरुलाई राख्न बिहीबार प्रधानन्यायाधीश समक्ष निवेदन दिएका छन् ।