• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

अष्ट्रेलियाको भेडाले बनायो विश्व कीर्तिमान



काठमाडौं, भदौ १८ । अष्ट्रेलियाको एक भेडाले नयाँ विश्व कीर्तिमान बनाएको छ । क्रिस नाम गरेको उक्त भेडाको शरीरबाट एकैपटकमा ४० किलो ऊन निकालिएको छ ।

यो विश्वमै एउटा भेडाबाट अहिलेसम्म एकैपटकमा निकालिएको सबैभन्दा धेरै ऊनको मात्रा हो । तर, यो कीर्तिमानको आधिकारिक पुष्टि भने हुन बाँकी छ ।

उक्त भेडाबाट निकालिएको ऊन अरु सामान्य अवस्थाको एक भेडाको शरीरबाट एकपटकमा निकालिएको ऊनभन्दा ४ देखि ५ गुणा बढी हो ।

उक्त भेडाको ऊन काट्नका लागि ५ जना व्यक्ति लागेको थियो ।

यसअघि, न्यूजिल्यान्डको श्रेक नाम गरेको भेडाको शरीरबाट एकैपटकमा धेरै ऊन निकालिएको तथ्य थियो । सन् २००४ मा श्रेकको शरीरबाट २७ किलो ऊन निकालिएको थियो । (एजेन्सी)