• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

प्रहरी गेटमै रहेको बसमा आगजनी



फाइल फोटो

सप्तरी, भदौ १८ । अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त मधेसी मोर्चाको कार्यकर्ताले शुक्रबार बिहान सप्तरीको भारदह–१ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्नेे इलाका प्रहरी कार्यालय भारदहको मूलगेटमै रोकिराखेको बसमा आगजनी गरेको छ ।

सयौँको संख्यामा आएको प्रदर्शनकारीले ना४ख ४२६६ नम्बरको बसमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगो लगाइएको बस एक हप्ताअगाडि प्रदर्शनकारीले ढुंगामुढा गरेर पल्टेको बस भएको र सो बसलाई इलाका प्रहरी कार्यालयअगाडि ल्याएर राखेको थियो ।