• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै ★   तोलामा रु सात सयले बढ्यो सुनको मूल्य ★   युएईविरुद्ध नेपालको खराब सुरुवात, गुमायो तेस्रो विकेट, रोहित ५ रनमा आउट ★   युएईविरुद्ध नेपाललाई दोस्रो झट्का, ८ रन जोडेर आउट भए आसिफ ★   युएईविरुद्ध कुशल भुर्तेल गोल्डेन डकआउट ★   धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ★   युएईविरुद्ध नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने ★   शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी ★   हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना ★   रोहित शर्मा २५० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी

साउदी अरेबियामा १३० जनालाई मृत्यदण्ड



काठमाडौं, भदौ १८ । साउदी अरेबियामा यस वर्षमात्र कम्तीमा पनि १३० जनालाई मृत्युदण्ड दिइएको समाचारमा जनाइएको छ ।

बिहीबार पनि यहाँको प्रशासनले एकजनालाई मृत्युदण्ड दिएको छ । योसँगै यस वर्षमात्र साउदी अरेबियामा मृत्युदण्ड दिएका व्यक्तिको संख्या १३० पुगेको जनाइएको छ ।

साउदी अरेबियाको प्रशासनले बिहीबार मसारी अल समारी नाम गरेका व्यक्तिलाई मृत्युदण्ड दिएको हो । ती व्यक्ति एकजना विदेशीको हत्यामा सम्लग्न रहेको पाइएकोले उनलाई मृत्युदण्ड दिइएको बताइएको छ ।

उनलाई साउदी अरेबियाको उत्तरपश्चिमी नगर काफर अल बातेनमा मृत्युदण्ड दिइएको छ । उक्त नगर इराकी सीमा क्षेत्रमा पर्छ । उनी साउदी अरेबियामा यसै वर्ष दिइएको मृत्युदण्डमा १३० औँ नम्बरमा पर्छन् । (एजेन्सी)