• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

साउदी अरेबियामा १३० जनालाई मृत्यदण्ड



काठमाडौं, भदौ १८ । साउदी अरेबियामा यस वर्षमात्र कम्तीमा पनि १३० जनालाई मृत्युदण्ड दिइएको समाचारमा जनाइएको छ ।

बिहीबार पनि यहाँको प्रशासनले एकजनालाई मृत्युदण्ड दिएको छ । योसँगै यस वर्षमात्र साउदी अरेबियामा मृत्युदण्ड दिएका व्यक्तिको संख्या १३० पुगेको जनाइएको छ ।

साउदी अरेबियाको प्रशासनले बिहीबार मसारी अल समारी नाम गरेका व्यक्तिलाई मृत्युदण्ड दिएको हो । ती व्यक्ति एकजना विदेशीको हत्यामा सम्लग्न रहेको पाइएकोले उनलाई मृत्युदण्ड दिइएको बताइएको छ ।

उनलाई साउदी अरेबियाको उत्तरपश्चिमी नगर काफर अल बातेनमा मृत्युदण्ड दिइएको छ । उक्त नगर इराकी सीमा क्षेत्रमा पर्छ । उनी साउदी अरेबियामा यसै वर्ष दिइएको मृत्युदण्डमा १३० औँ नम्बरमा पर्छन् । (एजेन्सी)