• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

युवतीको शव फेला



बर्दिया, भदौ १८ । बर्दियाको गुलरिया नगरपालिका–२ बैरियाघाटस्थित बबई नदीमा बेवारिसे एक युवतीको शव बिहीबार फेला परेको छ ।

अन्दाजी २३ वर्षीया युवतीको शव अनुहारलगायत शरीरको छाला खुइलिएर दुर्गन्धसमेत आएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । स्थानीयले शव देखेर जानकारी दिएपछि प्रहरी उक्त स्थान पुगेको थियो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल बर्दियामा पठाइएको छ । शवको सनाखत अहिलेसम्म हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए ।