• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक

बालकको एक तस्वीरले विश्वभर खलबली



काठमाडौं, भदौ १८ । तीन वर्षीय सिरियाली आप्रवासी बालक टर्कीको एक समुद्री तटमा मृत भेटिएको तस्वीर सार्वजनिक भएपछि त्यसले संसारभर हलचल मच्चाएको छ ।

रातो टिसर्ट लगाएका बालकको तस्वीर टर्कीको समाचार संस्थाले जारी गरेपछि उक्त तस्वीर ‘समुद्री तटमा बगेको मानवता’ ह्यासट्यागमा ट्वीटरमा विश्वभर प्रमुख चर्चाको विषय (ट्रेन्डिङ) भएको छ ।

अनुहार घोप्टो परेको अवस्थामा बोड्रम भन्ने स्थान नजिकैको तटमा बालक भेटिएका थिए । टर्कीबाट ग्रीसतर्फ शरणका लागि गइरहेका बेला आयलान नाम गरेका तीन वर्षीय ती बालक आफ्ना ५ वर्षीय दाजु र आमासँगै डुंगा पल्टिँदा डुबेका थिए ।

ती बालकको शव स्थानीय एक माझीले फेला पारेका थिए । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले ती बालकको मार्मिक तस्वीरहरु प्रकाशित गरेका छन् ।

उनका पिता अब्दुल्लाह कुर्दी भने बाँच्न सफल भएको जनाइएको छ । यसअघि ती बालकको परिवारले क्यानडामा शरणका लागि निवेदन दिए पनि अस्वीकृत भएको थियो । समुद्र हुँदै युरोप जान खोजेका धेरै व्यक्तिले यो वर्ष ज्यान गुमाइसकेका छन् । (एजेन्सी)