• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा ★   नीति र नेतृत्वमा एमालेभित्र विवाद छैनः अध्यक्ष ओली ★   टेस्लाका मालिक मस्कले किन गरे भारत भ्रमण स्थगित ? ★   एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु ★   महिला टोलीका ६ जनाले मलेसिया सुपर वुमन्स कप खेल्ने ★   संसद् जनताप्रति उत्तरदायी हुनुपर्छः नारायणदत्त भट्ट ★   चेन्नई र लखनउका दुबै कप्तानलाई १२–१२ लाख जरिवाना ★   धोनी आईपीएलमा ५ हजार रन बनाउने पहिलो विकेटकिपर ★   सकिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)

आन्दोलनकारीसँगको झडपमा प्रहरी हवल्दारको मृत्यु



बर्दिया, भदौ १८ । राजधानीबाट आएका रात्रिबसलाई स्कर्टिङ गरेर गन्तव्यस्थलतर्फ पु-याउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आज बिहान एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।
बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय मैनापोखरमा झडप हुँदा प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको हो । प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पु-याउँदै गरेका बसमा आन्दोलनकारीले अवरोध पु-याएपछि झडप भएको हो ।
झडप हुँदा प्रहरीले केही सेल अश्रुग्याससहित पाँच राउन्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताउनुभयो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरीको गोली लागि दुई प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । थरुहट संयुक्त सङ्घर्ष समिति र संयुक्त मधेसी मोर्चाको आह्वानमा २५ दिनदेखि जिल्ला ठप्प छ ।
झडपका क्रममा घाइते हवल्दार पाण्डेको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कुँवरले जानकारी दिनुभयो । रासस