• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन ★   आईपीएलको बीचमा ब्रेक लिँदै म्याक्सवेलले भने: मानसिक रूपमा तयार भएर फर्किन्छु ★   धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्छ: अध्यक्ष ढकाल ★   गणेशको राष्ट्रिय कीर्तिमान ★   सरकारी प्रकरण- गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास: रमेश खरेल ★   नेप्से परिसूचक आज पनि ओरालो लाग्यो ★   कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी माथि कानुनी कारवाही अगाडि बढाउन सरकार… ★   पोखरामा वृक्षरोपण क्षेत्रको पहिचान, दुई लाखभन्दा बढी बिरुवा रोपिने ★   धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज ★   झुलाघाट नाका बन्द

सीमांकन थाती राखेर संविधान घोषणा गरौं : गगन थापा



फाइल फोटो

रामेछाप, भदौ १८ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सीमांकनमा देखिएको विवाद टुंग्याउन सात प्रदेशको सीमांकनको कामलाई अहिले थाती राखेर भए पनि संविधान घोषणा गर्नुपर्ने बताएका छन् ।

संसद्को कृषि समितिका सभापतिसमेत रहेका थापाले सीमांकनको कामलाई बाँकी राखेर संविधान घोषणा गरेर सीमांकका लागि आयोग बनाउनुपर्ने उनले प्रस्ताव गरेका छन् ।

कांग्रेस बेथान गाउँ कार्यसमितिले बिहीबार रामेछापको बेथानमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले संविधानसभाले संविधान जारी गरी तीन महिनाभित्र प्रदेशको सीमांकन टुंग्याएर संविधानसभा विघटन गर्नुपर्ने बताए । उनले नेपालमा कसैले चाहेर पनि जातीय राज्य नबन्ने दाबी गरे ।

नेपालको जातीय विविधताका कारण जातीय राज्य सम्भव नहुने उनको तर्क छ । यो संविधानसभाले पनि संविधान जारी गर्न नसके नेपालमा लोकतन्त्र र गणतन्त्र कसैले जोगाउन नसक्ने पनि उनले बताए । रासस