• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज कडा टक्कर: पहिलो स्थानको लागि कोलकाता र राजस्थान भिड्दै ★   इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३३ हजार ७९७ पुग्यो ★   दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए ★   मधेशका मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत लिँदै ★   ३ वटामात्रै विधेयक पारित गरेर सकियो संसदको हिउँदे अधिवेशन, २४ विधेयक संसदमै ★   आज चैतेदसैँ: बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो ★   जात्रामा सहभागी हुन मेयर बालेन्द्र शाहको निम्तो ★   माधव नेपालको असन्तुष्टि अन्त्य गर्न खनाल अस्त्रको प्रयोग ! ★   ७ वटा संसदीय समितिको बैठक बस्दै ★   आज चैते दशैं पर्व मनाइँदै

कार्यकर्ता रिहाइको माग गर्दै अनिश्चतकालीन पूर्व बन्द



पाँचथर, भदौ १८ । बन्दका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै संघीय लिम्बूवान पार्टी नेपालले शुक्रबारदेखि पूर्वमा अनिश्चतकालीन बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव बिहानैदेखि परेको छ ।

बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभालगायत जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, कलकारखाना ठप्प छन् ।

यसैबीच, विद्यार्थीको भविष्य वर्वाद हुने भन्दै शिक्षण संस्था भने बन्द नगर्ने सो पार्टीले निकालेको विज्ञप्तिमार्फत जनाइएको छ । मोटरसाइकल, दूधको गाडी, शवबाहन, प्रेसका गाडी भने सञ्चालन हुन दिने सो पार्टीले जनाएको छ ।

सवारीसाधन निषेधित क्षेत्रमा झापाका पत्रकार कृष्ण हुमागाईंले मोटरसाइकल चलाएको भन्दै आक्रमणमा संलग्न पार्टीका कार्यकर्ता मिलन वेघा, भीम राई, निशा चापागाईं, प्रवीण लिम्बू र बलबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको बिना शर्त रिहाइको माग गर्दै बन्द आह्वान गरिएको पार्टीका महासचिव सूर्य माखिमले जानकारी दिए ।

प्रस्तावित सात वटा प्रदेशमा अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान स्वायत्त प्रदेश राखिनुपर्ने माग गर्दै संघीय लिम्बूवान पार्टी नेपाल आन्दोलित छ । रासस