• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   नेपाललाई ६ विकेटले हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा ★   युएईविरुद्ध नेपाललाई चौंथो सफलता ★   बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु ★   भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड ★   दाङमा आगलागीबाट एकको मृत्यु ★   वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल ★   कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी होः सहमहामन्त्री राठोर ★   सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत ★   युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दुई विकेट ★   सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छः अध्यक्ष ढकाल

कार्यकर्ता रिहाइको माग गर्दै अनिश्चतकालीन पूर्व बन्द



पाँचथर, भदौ १८ । बन्दका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै संघीय लिम्बूवान पार्टी नेपालले शुक्रबारदेखि पूर्वमा अनिश्चतकालीन बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव बिहानैदेखि परेको छ ।

बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभालगायत जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, कलकारखाना ठप्प छन् ।

यसैबीच, विद्यार्थीको भविष्य वर्वाद हुने भन्दै शिक्षण संस्था भने बन्द नगर्ने सो पार्टीले निकालेको विज्ञप्तिमार्फत जनाइएको छ । मोटरसाइकल, दूधको गाडी, शवबाहन, प्रेसका गाडी भने सञ्चालन हुन दिने सो पार्टीले जनाएको छ ।

सवारीसाधन निषेधित क्षेत्रमा झापाका पत्रकार कृष्ण हुमागाईंले मोटरसाइकल चलाएको भन्दै आक्रमणमा संलग्न पार्टीका कार्यकर्ता मिलन वेघा, भीम राई, निशा चापागाईं, प्रवीण लिम्बू र बलबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको बिना शर्त रिहाइको माग गर्दै बन्द आह्वान गरिएको पार्टीका महासचिव सूर्य माखिमले जानकारी दिए ।

प्रस्तावित सात वटा प्रदेशमा अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान स्वायत्त प्रदेश राखिनुपर्ने माग गर्दै संघीय लिम्बूवान पार्टी नेपाल आन्दोलित छ । रासस