• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा, कुन–कुन टिम पुगे ? ★   ८९ रनमा अलआउट हुँदै आफ्नो न्यून स्कोर बनाएको गुजरातमाथि दिल्लीले ८.५ ओभरमै खेल जित्यो ★   रोटरी क्लब अफ डामे बेल्जियमले नेपाल अपांग संघ अर्थोपेडिक अस्पताललाई सहयोग गर्ने ★   आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा ★   इलाम-२ उपनिर्वाचन : मिशन ८४ को ट्रेलर, प्रत्येकलाई चुनौती ★   कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यको निधन ★   सुहाङलाई मत माग्दै ओलीले भन्नुभयोः देश बनाउने युवा हुन्, जिताउनुस् ★   नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनको मिति सर्यो, अब असार १६ देखि २० गतेसम्म काठमाडौंमा ★   नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने ★   वेदान्तका प्रखरवक्ता रिसाललाई पाणिनी पुरस्कार

नेपाल वायुसेवा निगमको मुम्बई उडान सुरु



काठमाडौँ, भदौ १८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको मुम्बई उडान सुरु गरेको छ ।

निगमको एयरबस ए ३२० लुम्बिनीले काठमाडौँबाट ५२ यात्रु बोकेर अपराह्न २:०० बजे मुम्बईतर्फ उडान भरेको हो । यसअघि सन् २००५ मा निगमले जहाज अभाव भएको भन्दै काठमाडौँ–मुम्बई उडान बन्द गरेको थियो ।

निगमको पछिल्लो दुई गन्तव्य उडान थप भएसँगै सात गन्तव्य पुगेका छन्, जसमा भारतका नयाँ दिल्ली, मुम्बई र बैंग्लोर, हङ्कङ, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर र कतारको दोहा छन् ।

पछिल्लो समय निगमले नयाँ एयर बस भित्र्याएपछि मुम्बई उडान सुरु गरिएको हो । सुरुमा साताको दुई दिन सोमबार र शुक्रबार उडान भर्ने निगमले जनाएको छ ।

मुम्बईका लागि निगमले प्रवद्र्धनात्मक भाडादर करसहित दुईतर्फी भाडा रु २० हजार तोकेको निगम संस्थागत विभागका कामु उपनिर्देशक शैलेश कंसाकारले राससलाई जानकारी दिनुभयो ।

सुरुमा साताको दुई दिन मुम्बई उडान सुरु गरेको निगमले पछि सातामा तीन पटक सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तयारी गरिरहेको छ । रासस,