• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित ★   श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ: मन्त्री अर्याल ★   वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ ★   बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे ★   अफ्रिकामा अझै निर्मूल भएन मलेरिया, जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै ★   चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष ★   मायाको पहिचानको अर्को सफलता: समलिङ्गी तेस्रोलिंगीले प्रत्येक वडा विवाह दर्ता गर्न पाउने ★   चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन ★   श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै ★   ओलीसँग भिडेकै कारण मलाई गोदावरीमा निषेध गरियो: भीम रावल

जनतासामु जाँदा शिर ठाडो बनाएर हिँड्नसक्ने काम गर्नुपर्छ’ – मुख्यसचिव



काठमाडौँ, भदौ १८। सरकारका मुख्यसचिव, सचिव, निजामती कर्मचारी प्रशासन विज्ञले जनता र सरकारले देखेको देशको समृद्धिको सपना पूरा गर्ने दायित्व कर्मचारीको भएको बताउनुभएको छ ।

बाह्रौ निजामती सेवा दिवसको सन्दर्भमा ‘ब्युरो ८१ नेपाल’द्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमका अधिकांश वक्ताले कर्मचारीतन्त्र देशको स्थायी सरकार भएकाले निष्पक्ष भएर जनताका काम सम्पादन गर्न सुझाव दिनुभएको थियो ।

मुख्यसचिव डा सोमलाल सुवेदीले कर्मचारीतन्त्रमा राजनीतिकरणले प्रश्रय पाएकाले जनताका काम छिटोछरितो रुपले हुन नसकेको गुनासो आउने गरेको बताउनुभयो ।

मुख्यसचिव सुवेदीले कर्मचारीमा सजिलो काम सबैले गर्ने अप्ठ्यारो काम पन्छाउने प्रवृत्ति हाबी भएको र त्यो जनताले नियालिरहेको बताउँदै भन्नुभयो, “तपाइँहरु जनतासामु जाँदा शिर ठाडो बनाएर हिँड्न सक्ने काम गर्नुहोस् ।”

सामान्य प्रशासन मन्त्रालयका सचिव टङ्कमणि शर्मा, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालयका सचिव माधव रेग्मीले ‘राज्यको सुविधा लिएबापत जनतालाई राम्रो सेवा दिन सकूँ’ भन्ने भावना राखेर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

जनप्रशासन क्याम्पसका प्रा डा श्रीकृष्ण श्रेष्ठले निजामती सेवाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पूर्वसचिव प्रतापकुमार पाठकले टिप्पणी गर्नुभएको थियो ।

‘ब्युरो ८१ नेपालका अध्यक्ष किशोरजङ्ग कार्कीले देशको सार्वजनिक प्रशासनमा सहयोग गर्ने संस्थाको उद्देश्य रहेको बताउनुभयो । रासस