• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसंग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जनतासामु जाँदा शिर ठाडो बनाएर हिँड्नसक्ने काम गर्नुपर्छ’ – मुख्यसचिव



काठमाडौँ, भदौ १८। सरकारका मुख्यसचिव, सचिव, निजामती कर्मचारी प्रशासन विज्ञले जनता र सरकारले देखेको देशको समृद्धिको सपना पूरा गर्ने दायित्व कर्मचारीको भएको बताउनुभएको छ ।

बाह्रौ निजामती सेवा दिवसको सन्दर्भमा ‘ब्युरो ८१ नेपाल’द्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमका अधिकांश वक्ताले कर्मचारीतन्त्र देशको स्थायी सरकार भएकाले निष्पक्ष भएर जनताका काम सम्पादन गर्न सुझाव दिनुभएको थियो ।

मुख्यसचिव डा सोमलाल सुवेदीले कर्मचारीतन्त्रमा राजनीतिकरणले प्रश्रय पाएकाले जनताका काम छिटोछरितो रुपले हुन नसकेको गुनासो आउने गरेको बताउनुभयो ।

मुख्यसचिव सुवेदीले कर्मचारीमा सजिलो काम सबैले गर्ने अप्ठ्यारो काम पन्छाउने प्रवृत्ति हाबी भएको र त्यो जनताले नियालिरहेको बताउँदै भन्नुभयो, “तपाइँहरु जनतासामु जाँदा शिर ठाडो बनाएर हिँड्न सक्ने काम गर्नुहोस् ।”

सामान्य प्रशासन मन्त्रालयका सचिव टङ्कमणि शर्मा, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालयका सचिव माधव रेग्मीले ‘राज्यको सुविधा लिएबापत जनतालाई राम्रो सेवा दिन सकूँ’ भन्ने भावना राखेर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

जनप्रशासन क्याम्पसका प्रा डा श्रीकृष्ण श्रेष्ठले निजामती सेवाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पूर्वसचिव प्रतापकुमार पाठकले टिप्पणी गर्नुभएको थियो ।

‘ब्युरो ८१ नेपालका अध्यक्ष किशोरजङ्ग कार्कीले देशको सार्वजनिक प्रशासनमा सहयोग गर्ने संस्थाको उद्देश्य रहेको बताउनुभयो । रासस