• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा ★   ओलाङ्चुङगोला पुग्न सहज ★   शाहरुखको बारेमा मनिषाले भनिन्– ठूला स्टार भए पनि घमण्ड थिएन, भुइँमा बसेर चिया पिउँथे ★   उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट अनुमति ★   नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन: उर्जामन्त्री बस्नेत ★   आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति ★   दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण ★   जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु ★   धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप ★   बझाङ उपनिर्वाचन: उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक

सरोगेसी सेवा दिनेलाई सरकारले कारबाही गर्ने



काठमाडौं, भदौ १९ । चौतर्फी दबाबपछि विवादास्पद सरोगेसी (आमाको कोख भाडामा लिई बच्चा जन्माउने प्रक्रिया) सेवा दिने जुनसुकै चिकित्सक, कर्मचारी र स्वास्थ्य संस्थामाथि कारबाही गर्न सरकार तयार भएको छ ।

कानुनी मान्यता नपाउँदै उपत्यकासहित विभिन्न जिल्लाका निजी अस्पताल, नर्सिङ होम र क्लिनिकले सरोगेसी सेवा सञ्चालनमा ल्याएर नेपाली महिलाको ज्यान धरापमा पार्न खोजेको भन्दै उक्त सेवा रोक्न सरकारलाई दबाब दिइएको थियो ।

सञ्चारमाध्यम, महिला अधिकारकर्मी, चिकित्सक, समाजसेवी, कानुन व्यवसायीलगायतले नेपालमा सरोगेसी सेवा सञ्चालनमै ल्याउन नहुने भन्दै अवैधानिक रूपमा उक्त सेवा सञ्चालन गर्नेलाई सरकारसमक्ष कारबाही माग गर्दै आएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले समेत कतिपय अस्पतालले त्यस्तो सेवा दिइरहेको भेट्टाएपछि कारबाही गर्ने निर्णय गरेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

मन्त्रिपरिषद्को निर्णयको दुरुपयोग गरी गैरकानुनी रूपमा केही अस्पताल र स्वास्थ्य संस्थाहरूले सरोगेसी सेवा दिइरहेको भन्ने सूचना आएकाले उनीहरूमाथि अनुसन्धान भइरहेको भन्दै उक्त सेवा सञ्चालनमा नल्याउन निर्देशन दिएको र अटेर गरी सरकारको निर्देशन नमान्नेलाई कडा कारबाही गर्ने निर्णयमा मन्त्रालय पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. गुणराज लोहनीका अनुसार सरकारको निर्देशन अटेर गरी आगामी दिनमा सरोगेसी सेवा सञ्चालन गर्ने जुनसुकै अस्पताल, नर्सिङ होम र स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूलाई कडाभन्दा कडा कारबाही गरिनेछ ।