• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली ★   संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छः अध्यक्ष ओली ★   सुनकोसी मरिण डाइभर्सनः सुरुङ खन्न एक सय १० मिटर बाँकी

सरोगेसी सेवा दिनेलाई सरकारले कारबाही गर्ने



काठमाडौं, भदौ १९ । चौतर्फी दबाबपछि विवादास्पद सरोगेसी (आमाको कोख भाडामा लिई बच्चा जन्माउने प्रक्रिया) सेवा दिने जुनसुकै चिकित्सक, कर्मचारी र स्वास्थ्य संस्थामाथि कारबाही गर्न सरकार तयार भएको छ ।

कानुनी मान्यता नपाउँदै उपत्यकासहित विभिन्न जिल्लाका निजी अस्पताल, नर्सिङ होम र क्लिनिकले सरोगेसी सेवा सञ्चालनमा ल्याएर नेपाली महिलाको ज्यान धरापमा पार्न खोजेको भन्दै उक्त सेवा रोक्न सरकारलाई दबाब दिइएको थियो ।

सञ्चारमाध्यम, महिला अधिकारकर्मी, चिकित्सक, समाजसेवी, कानुन व्यवसायीलगायतले नेपालमा सरोगेसी सेवा सञ्चालनमै ल्याउन नहुने भन्दै अवैधानिक रूपमा उक्त सेवा सञ्चालन गर्नेलाई सरकारसमक्ष कारबाही माग गर्दै आएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले समेत कतिपय अस्पतालले त्यस्तो सेवा दिइरहेको भेट्टाएपछि कारबाही गर्ने निर्णय गरेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

मन्त्रिपरिषद्को निर्णयको दुरुपयोग गरी गैरकानुनी रूपमा केही अस्पताल र स्वास्थ्य संस्थाहरूले सरोगेसी सेवा दिइरहेको भन्ने सूचना आएकाले उनीहरूमाथि अनुसन्धान भइरहेको भन्दै उक्त सेवा सञ्चालनमा नल्याउन निर्देशन दिएको र अटेर गरी सरकारको निर्देशन नमान्नेलाई कडा कारबाही गर्ने निर्णयमा मन्त्रालय पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. गुणराज लोहनीका अनुसार सरकारको निर्देशन अटेर गरी आगामी दिनमा सरोगेसी सेवा सञ्चालन गर्ने जुनसुकै अस्पताल, नर्सिङ होम र स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूलाई कडाभन्दा कडा कारबाही गरिनेछ ।