• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

पर्यटक बलात्कार गर्ने तीन भारतीयलाई २० वर्ष कैद



काठमाडौं, भदौ १९ । जापानी पर्यटकलाई बलात्कार गरेको अभियोगमा तीन भारतीय नागरिकलाई २०/२० वर्षको जेल सजाय तोकिएको छ ।

उनीहरुले राजस्थानको प्रान्तीय राजधानी जयपुरमा भ्रमणको सिलसिलामा पुगेकी जापानी २० वर्षीया महिलालाई उनको पथ प्रदर्शक बन्ने बहानामा सहर नजिकैको एक गाउँमा लगी बलात्कार गरेको अदालतको ठहर छ ।

सजाय पाएका सबै भारतीय २० देखि २४ वर्षका युवक भएको र उनीहरुले एकान्तमा जापानी महिलालाई लगी बलात्कार गरी भागेका थिए ।

स्थानीयले पीडित पर्यटक कराएको सुनेपछि प्रहरीको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको थियो । (एजेन्सी)