• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

सेना फिर्ता र दमन रोकेपछि मात्र वार्ता : अन्सारी



विराटनगर, भदौ १९ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रिजवान अन्सारीले सरकारले वातावरण बनाएमा वार्ता हुने बताएका छन् ।

सो पार्टीद्धारा शनिबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले विगतमा मधेसी, जनजाति, थारु र मुसलमानलगायतसँग गरिएको सम्झौता कार्यान्वयन, सेना फिर्ता र सरकारबाट आन्दोलनकारीमाथि भइरहेको दमन रोकेपछि मात्र वार्ता हुने स्पष्ट पारे ।

उनले सीमान्तकृत, पिछडिएका वर्ग, समुदाय आफ्नो अधिकार र पहिचानका लागि आन्दोलनरत रहेको बताउँदै झापा, सुनसरी र मोरङलाई मधेस प्रदेशमा राख्नुपर्नेमा जोड दिए ।