• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

संघीयताको विषय आयोग बनाएर टुंग्याउनुपर्छ : नेपाल



फाइल फोटो

काठमाडौँ, भदौ १९ । नेकपा एमालेका नेता माधवकुमार नेपालले संघीताको विषयलाई आयोग बनाएर टुंग्यानुपर्ने बताएका छन् ।

मदन भण्डारी अध्ययन केन्द्र, नुवाकोटले शनिबारआयोजना गरेको ‘संविधान निर्माण र चुनौती’ विषयको विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री नेपालले संविधान निर्माणका सन्दर्भमा उठेका कुरालाई कार्यदलमा छलफल गरी अघि बढाउनुपर्ने र देखिएको विवाद चाँडो टुंगो लगाउनुपर्नेमा जोड दिए ।

एमाले पोलिटब्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डेले संविधान निर्माण गर्ने कुरामा राष्ट्रिय नेताहरु एउटा जिल्ला र क्षेत्रमा सीमित दृष्टिकोण राख्न नहुने बताए ।

यस्तै, केन्द्रीय सदस्य ठाकुर गैरेले समाजका सबै जाति वर्ग र समुदायलाई समेटेर संविधान निर्माण गर्नुपर्नेमा जोड दिए ।