• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति ★   दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण ★   जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु ★   धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप ★   बझाङ उपनिर्वाचन: उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक ★   त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम ★   ‘सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो’: प्रधानमन्त्री दाहाल ★   मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु ★   आईपीएल: दोस्रो स्थानको लागि हैदरावाद र दोस्रो जितको लागि बेंगलुरु भिड्दै ★   सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ: प्रधानमन्त्री

डाँगीको कीर्तिमान चिरकालसम्म रहने छ : प्रधानमन्त्री



फोटोः रासस ।

काठमाडौँ, भदौ १९ । प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा सबैभन्दा होचा व्यक्तिका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा कीर्तिमान कायम गरेका चन्द्रबहादुर डाँगीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।

प्रधानमन्त्री कोइरालाले शनिबार विज्ञप्ति जारी गरी उनको दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा स्वजनप्रति समवेदना व्यक्त गरेका छन् ।

होचो शारीरिक कदको अग्लो विश्व कीर्तिमान लिएर डाँगीले नेपालको झन्डा विश्वमा फहराउँदै फैलाएको नेपालको कीर्तिमान चिरकालसम्म रहने विश्वास उनले व्यक्त गरेका छन् ।

‘उहाँको सो कीर्तिमानले अस्वाभाविक शारीरिक कद, अपांगता र अन्य समस्या रहेकाहरुसहित सबै नेपालीलाई उच्च मनोबल, नैतिकता, इमान्दारी, साहस र धैर्यका साथ कर्ममा समर्पित भएमा सबैले आफ्नो व्यक्तित्व विकास गरी राष्ट्रको कीर्ति फैलाएर मुलुकका लागि योगदान पुर्‍याउन सकिने रहेछ भन्ने सन्देश दिएको छ’–विज्ञप्तिमा भनिएको छ । रासस