• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   दाङमा आगलागीबाट एकको मृत्यु ★   वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल ★   कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी होः सहमहामन्त्री राठोर ★   सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत ★   युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दुई विकेट ★   सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छः अध्यक्ष ढकाल ★   युएईविरुद्ध नेपाललाई दोस्रो सफलता ★   जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण ★   सोमपालले दिलाए नेपाललाई पहिलो सफलता ★   मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी

यमनमा संयुक्त अरब एमिरेट्स र बहराइनका ५० सैनिकको मृत्यु, सबैभन्दा ठूलो रक्तपातपूर्ण दिन भएको सरकारको भनाई



अबुधाबी,  भदौ १९ । यमनमा विद्रोही विरुद्ध लडिरहेका संयुक्त अरब एमिरेट्स र बहराइनका कम्तीमा पनि ५० जना सैनिकको शुक्रबार विस्फोटनमा परी ज्यान गएको समाचारमा जनाइएको छ ।
मारिनेमा संयुक्त अरब एमिरेट्स युएईका ४५ जना र बहराइनका पाँच जना सैनिक परेका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वको सेनाद्वारा सुरु भएको कारबाहीको कयौँ महिनापछि शुक्रबारलाई सबैभन्दा रक्तपातपूर्ण दिनका रुपमा लिइएको छ ।
सैनिक पोष्टमा रहेका उनीहरुलाई विद्रोहीले बम विस्फोट गराइ हत्या गरेका जनाइएको छ भने एउटा अर्को समाचारअनुसार उक्त दुर्घटना भुलबस भएको पनि भनिएको छ ।
यमनी सरकारले उक्त दुर्घटन भुलबस हुन पुगेको भनेको छ । तर यमनमा सरकार विरुद्ध विद्रोह गरिरहेको हुथी विद्रोही समूहले भने आफ्ना लडाकूले ती सैनिकको हत्या गरेको जनाएका छन् ।
हुथी विद्रोही समूहले आफ्ना विद्रोहीले रकेट प्रहार गरी सैनिकको हत्या गरेको जानकारी सार्वजनिक गरेको छ । युएइका युवराज शेख मोहमद बिन जायद अल नयनले यमनमा भएको अन्यायका विरुद्ध आफ्नो देशले निरन्तर रुपमा सहयोग गरिरहने प्रतिक्रिया दिनुभएको छ ।
युएइले पनि गएको वर्षदेखि यमनमा सुरु भएको विद्रोहीहरुका विरुद्धको युद्धमा सघाइरहेको छ । साउदी अरेबियाले नेतृत्व गरेको सैनिक कारबाहीमा उसको पनि सम्लग्नता रहेको छ । रासस/एएफपी