• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली ★   संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छः अध्यक्ष ओली ★   सुनकोसी मरिण डाइभर्सनः सुरुङ खन्न एक सय १० मिटर बाँकी ★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा

आन्दोलनकारीका माग समेट्न प्रमुख दलको साझा संशोधन प्रस्ताव



काठमाडौं, भदौं १९ । प्रमुख चार दल संघीयताको सिमाङ्कनमा असन्तुष्ट पक्षका माग सम्बोधन गर्न सहमत भएका छन् ।

फोटो सौजन्य : प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार विहान बसेको कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले आन्दोलनकारीका माग सम्बोधन गर्न संविधानसभामा साझा संशोधन प्रस्ताव दर्ता गर्न सैद्धान्तिक सहमति गरेको हो ।
संशोधन दर्ता गर्ने शनिवार अन्तिम दिन भएकाले प्रस्ताव तयार पार्न चार दलको बैठक दिउँसो बसेर टुंगो लगाउने एमाले नेता माधवकुमार नेपालले बैठकपछि जानकारी दिए ।

बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संशोधन प्रस्ताव दर्ता गर्ने समय केही दिन बढाउन प्रस्ताव गरे पनि एमाले अध्यक्ष केपी ओलीले संविधान लेखनको प्रक्रिया कुनै पनि हालतमा लम्ब्याउन नहुनेमा जोड दिएका थिए ।
संघीयताको सिमांकनका विषयलाई लिएर विभिन्न क्षेत्रमा प्रदर्शन चर्किंदै गएपछि दलहरुले आन्दोलित दल र समुदायका माग सम्बोधन गर्ने गरी संविधानको विधेयक संशोधनको संयुक्त प्रस्ताव तयार पार्न लागेका हुन् ।