• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

संविधान भदौमै ल्याउने तयारी



फोटोः एजेन्सी ।

काठमाडौं, भदौ २१ । संविधानसभा सचिवालयले भदौभित्रै नयाँ संविधान जारी गर्ने गरी संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेको छ ।

संविधानसभाको दुई तिहाइले पारित गर्ने संविधान सभाध्यक्षबाट प्रमाणित भएपछि संविधानसभाले नै गर्ने विशेष समारोहबीच राष्ट्रपतिबाट जारी हुनेछ ।

संविधान जारी गर्ने राष्ट्रिय समारोह संविधानसभामै गर्ने तयारी सुरु भएसकेपनि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले उपयुक्त दिन र समयसहित राष्ट्रपतिलाई औपचारिक निमन्त्रणा पठाउन भने बाँकी रहेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

संविधानसभाले निर्माण गरेको संविधान जारी गरेको बेहोरामा हस्ताक्षरगरी राष्ट्रपतिले ‘नेपालको संविधान’ सार्वजनिक गर्ने समारोह भदौ मसान्तमा हुन सक्ने संविधानसभा सचिवालयका अधिकारीहरुको आँकलन छ ।

संसोधनसहितको दफाबार छलफलका लागि सभाध्यक्ष नेम्वाङले मंगलबार बिहान ११ बजे संविधानसभा बैठक डाकेका छन् ।