• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   ‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’ ★   तनहुँका २३ सामुदायिक वनमा आगलागी: सबै नियन्त्रणमा ★   कतारका अमिरको नेपाल भ्रमण: भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह ★   सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिन्छ – गृहमन्त्री ★   टी–२० विश्वकपका लागि सुनिल नारायणले सन्यास फिर्ता लिन्छन् ? ★   धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु ★   प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट ★   काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण ★   नेपालसँग हुने टी–२० खेलका लागि वेस्टइन्डिज ‘ए’ को बलियो टोली घोषणा ★   लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार

असन्तुष्ट सभासदलाई पार्टी छोड्न प्रचण्डको चेतावनी



काठमाडौं, भदौ २१ । संविधान निर्माणमा लागिपरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा सचिवालयमा तीन पार्टीका तर्फबाट दर्ता गराईएको संविधान विधयेकमाथिको संयुक्त संसोधन प्रस्तावमा असहमति राख्ने आफ्ना सभासद्हरुलाई चित्त नबुझे पार्टी छोड्न चुनौती दिएका छन् ।

कांग्रेस, एमाले र एमाओवादीका तर्फबाट शनिबार दर्ता गराइएको संसोधनले प्रस्तावले आफ्ना मुद्दा सम्बोधन नगरेको गुनासो पोख्न आइतबार बिहान प्रचण्ड निवास लाजिम्पाट पुगेका एमाओवादीका सात जना थारु सभासद्लाई उनले भने–‘संविधान कुनै हालतमा जारी गर्न म प्रतिवद्ध छु, तपाईंलाई चित्त बुझ्दैन भने पार्टी छोडेर जानुहोस् ।’

एक सभासद्का अनुसार पार्टीभित्र र बाहिरका शक्ति तथा अन्तर्राष्ट्रिय समुदायका खासगरी भातरको तीव्र दबाबमा रहका प्रचण्डले संविधानसभाबाट संविधान जारी नगरे सशस्त्र जनयुद्धको औचित्य पुष्टि नहुने, राजतन्त्र फर्कने खतरा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्वजस्ता विषय पनि गुम्ने खतरा पैदा भएका कारण प्राप्त उपलब्धि संस्थागत गरेर थप प्राप्तिका लागि संघर्षको बाटो खुल्ला रहने बताएका समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ  ।