• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली ★   संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छः अध्यक्ष ओली ★   सुनकोसी मरिण डाइभर्सनः सुरुङ खन्न एक सय १० मिटर बाँकी ★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा ★   नीति र नेतृत्वमा एमालेभित्र विवाद छैनः अध्यक्ष ओली ★   टेस्लाका मालिक मस्कले किन गरे भारत भ्रमण स्थगित ? ★   एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु ★   महिला टोलीका ६ जनाले मलेसिया सुपर वुमन्स कप खेल्ने ★   संसद् जनताप्रति उत्तरदायी हुनुपर्छः नारायणदत्त भट्ट

हैबुङमा भालु र बँदेलको आतंक, गाउँलेहरु भागाभाग



फाइल फोटो

मेलम्ची, भदौ २१ । सिन्धुपाल्चोक जिल्लाको पश्चिमी गाविस हैबुङमा जंगली जनावर भालु र बँदेलले दुःख दिन थालेपछि स्थानीय आतंकित भएका छन् ।

भालु र बँदेललगायतका जंगली जनावरले खेतबारीमा लगाएको बाली सखाप पार्ने र मान्छेलाई समेत आक्रमण गर्ने हँुदा स्थानीय त्रसित भएका हुन् ।

भालुको आक्रमणबाट हैबुङ गाविस–९ मा यो साता एक व्यक्ति घाइतेसमेत भएको स्थानीय टंकबहादुर थिङले बताए । भालु, बँदेलले मकैबाली सखाप पार्दा किसान चिन्तित भएका छन् ।

थिङका अनुसार हरेक दिन जंगली जनावर मकै बालीमा पस्दा किसानलाई साह्रै समस्यामा पारेको छ । भालु र बँदेलले गाउँका किसानले लगाएको बाली नोक्सान गर्दा हैबुङ गाविस–८ स्थित बोक्राङवासीलाई तीन महिनासम्म खान नपुग्ने अवस्था आएको उनले बताए ।

जंगली जनावरले आक्रमण गर्ने हुँदा अहिले बसोबास गरिरहेका टहरा असुरक्षित रहेको स्थानीय बताउँछन् । भालुले मान्छेलाई आक्रमण गर्न थालेकाले ज्यान जोगाउन मुस्किल भएको टंकबहादुरले बताए ।

मकैबारीमा जंगली जनावर पस्ने भएकाले हैबुङवासी हिजोआज रातभर जाग्राम बस्नुपरेको छ । गाउँमा जंगली जनावर आएपछि भागदौड चल्ने गरेको छ ।

जंगीली जनावरलाई मार्न नपाइने कानुन हुँदा गाउँवासी समस्यामा परेका छन् । त्यत्तिकै छोड्दा ज्यान जोगाउन मुस्किल पर्ने र मार्दा कानुन लाग्ने भएकाले समस्या भएको हैबुङवासीको गुनासो रहेको छ ।

गाउँमा भएको समस्या समाधानका लागि राज्यले चासो देखाउनुपर्ने उनीहरुको भनाइ छ । रासस