• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   पोखरामा माइक्रो बस र जीप ठोक्किँदा आठ चिनियाँ घाइते ★   विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ ★   २९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ ★   एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह ★   एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालको भिडन्त युएईसँग ★   लुम्बिनी र सुदूरपश्चिममा आज हावाहुरीको सम्भावना ★   सुदूरकाे मुख्यमन्त्री बन्दै दीर्घ सोडारी, लक्ष्मणकिशोर अदालततिर ★   च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा, कुन–कुन टिम पुगे ? ★   ८९ रनमा अलआउट हुँदै आफ्नो न्यून स्कोर बनाएको गुजरातमाथि दिल्लीले ८.५ ओभरमै खेल जित्यो ★   रोटरी क्लब अफ डामे बेल्जियमले अर्थोपेडिक अस्पताललाई सहयोग गर्ने

तेस्रो मुलुकतर्फ चेली बेचिने क्रम बढ्दो



फोटो: एजेन्सी

पर्वत, भदौ २१ । पछिल्लो समयमा चीन, कोरिया, खाडी र अफ्रिकी मुलुकमा नेपाली चेलीबेटी बेचबिखन हुने क्रम बढेको पाइएको छ ।

केही वर्षअघिसम्म भारतका कोठीमा नेपाली चेली बेचबिखन हुने गरेकामा पछिल्लो समयमा खाडीलगायतका तेस्रो मुलुकमा बेचबिखन बढेको हो ।

भारतमा लैजानेका विरुद्ध विभिन्न क्षेत्रबाट कडाइ हुन थालेपछि पर्वतलगायतका जिल्लाबाट रोजगारीको प्रलोभनमा तेस्रो मुलुकमा बेचबिखन हुन थालेको हो । खाडी मुलुक, अफ्रिकामा हेरविचार गर्ने सुसारे, घरेलु कामदार, डान्सबार, डिस्कोमा लगाउन महिलालाई पठाउने गरिएको यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले चेतना र आर्थिक अभावका कारण पनि महिला बेचबिखनमा परेकाले सचेतना जगाउन जरुरी भएको बताए ।

तेस्रो मुलुकमा हुने महिलाको बेचबिखन रोक्नका लागि गाउँ तहसम्म जनचेतना जगाउन आवश्यक भएको उनको भनाइ थियो ।

नेपाल प्रहरीले गरेको अनुसन्धानका क्रममा यस्तो मुलुकमा जाने महिला बढी यौन हिंसामा पर्ने र जोखिमपूर्ण काममा लगाउने गरिएको छ ।

‘रोजगारीको राम्रो अवसर देखाउँदै तेस्रो मुलुकमा बेचबिखन हुने महिलालाई यौन क्रियाकलापमा समेत लगाउने गरिएको छ’–जिल्ला प्रहरी कार्यालय पर्वतकी प्रमुख प्रहरी नायब उपरीक्षक गंगा पन्तले भनिन्–‘झुक्याएर दलालले पठाउने र त्यहाँ पुगेपछि यौन क्रियाकलापमा लाग्न बाध्य पारिँदै आएको छ ।’

जिल्लामा राहदानी लिन आउनेलाई वैदेशिक रोजगारीका अवसर र जोखिमका बारेमा जानकारी गराउने उद्देश्यसमेत राखिएको उनले बताइन् । रासस