• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   सांसदले हडपेको स्काउटको जग्गामा प्रशासनको शिलबन्दी ★   बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा… ★   मुम्बईले पञ्जाबलाई ९ रनले हरायो ★   दाहाल, ओली र रविबीच भेटः राजनीतिक घटनाक्रमबारे समीक्षा ★   राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त ★   चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छः उद्धव थापा ★   मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छः मन्त्री शर्मा ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त ★   मधेशका मुख्यमन्त्री यादवले गरे मन्त्रीपरिषद् बिस्तार

तेस्रो मुलुकतर्फ चेली बेचिने क्रम बढ्दो



फोटो: एजेन्सी

पर्वत, भदौ २१ । पछिल्लो समयमा चीन, कोरिया, खाडी र अफ्रिकी मुलुकमा नेपाली चेलीबेटी बेचबिखन हुने क्रम बढेको पाइएको छ ।

केही वर्षअघिसम्म भारतका कोठीमा नेपाली चेली बेचबिखन हुने गरेकामा पछिल्लो समयमा खाडीलगायतका तेस्रो मुलुकमा बेचबिखन बढेको हो ।

भारतमा लैजानेका विरुद्ध विभिन्न क्षेत्रबाट कडाइ हुन थालेपछि पर्वतलगायतका जिल्लाबाट रोजगारीको प्रलोभनमा तेस्रो मुलुकमा बेचबिखन हुन थालेको हो । खाडी मुलुक, अफ्रिकामा हेरविचार गर्ने सुसारे, घरेलु कामदार, डान्सबार, डिस्कोमा लगाउन महिलालाई पठाउने गरिएको यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले चेतना र आर्थिक अभावका कारण पनि महिला बेचबिखनमा परेकाले सचेतना जगाउन जरुरी भएको बताए ।

तेस्रो मुलुकमा हुने महिलाको बेचबिखन रोक्नका लागि गाउँ तहसम्म जनचेतना जगाउन आवश्यक भएको उनको भनाइ थियो ।

नेपाल प्रहरीले गरेको अनुसन्धानका क्रममा यस्तो मुलुकमा जाने महिला बढी यौन हिंसामा पर्ने र जोखिमपूर्ण काममा लगाउने गरिएको छ ।

‘रोजगारीको राम्रो अवसर देखाउँदै तेस्रो मुलुकमा बेचबिखन हुने महिलालाई यौन क्रियाकलापमा समेत लगाउने गरिएको छ’–जिल्ला प्रहरी कार्यालय पर्वतकी प्रमुख प्रहरी नायब उपरीक्षक गंगा पन्तले भनिन्–‘झुक्याएर दलालले पठाउने र त्यहाँ पुगेपछि यौन क्रियाकलापमा लाग्न बाध्य पारिँदै आएको छ ।’

जिल्लामा राहदानी लिन आउनेलाई वैदेशिक रोजगारीका अवसर र जोखिमका बारेमा जानकारी गराउने उद्देश्यसमेत राखिएको उनले बताइन् । रासस