• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा… ★   राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता

‘लघुवित्तका पिता’ पन्तको निधन



काठमाडौं, भदौ २२ । नेपालको लघुवित्तका पिता भनेर चिनिने डा. हरिहरदेव पन्तको ७२ वर्षको उमेरमा निधन भएको छ ।

फोक्सोको क्यान्सरका कारण बिरामी पर्नुभएका पन्तको काठमाडौँको अनामनगरमा रहेको आफ्नै निवासमा सोमबार बेलुका निधन भएको हो ।

नेपालमा लघुवित्त भित्र्याउने श्रेय पाएका पन्तलाई सरकारले ‘फादर अफ माइक्रो फाइनान्स’ भनेर सम्मान पनि गरेको थियो । उनको अवधारणा र नेतृत्वमा नेपालमा निर्धन उत्थान बैंक पहिलो लघुवित्त बैंककको रुपमा स्थापना भएको हो ।

नेपाल राष्ट्र बंैकका पूर्व डिपुटी गभर्नरसमेत रहेका पन्तले राष्ट्र बैंकमा रहेका बेला र निर्धन उत्थान बैंकको स्थापनापछि पनि नेपालको गरिबी निवारण र वित्तीय संस्थामा गरिबको पहुँच बढाउन ठूलो योगदान गरेका थिए ।

डा. पन्तसँग झन्डै दुई दशकसँगै काम गरेका लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश शर्मा नेपालमा लघुवित्तको जुन विकास भएको छ, त्यसको मुख्य श्रेय उनलाई नै जाने बताउँछन् ।

बङ्लादेशमा लघुवित्तले गरेको उदाहरणीय काम हेरेर स्वदेश फर्केपछि उनले सुरु गरेको लघुवित्त अभियान अहिले दर्जनाँै लघुवित्त बैठकमार्फत चलिरहेको छ भने लाखाँै ग्रामीण बासिन्दा लाभान्वित भएका छन् । रासस