• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो ★   रास्वपा खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा छैन – रवि लामिछाने ★   मौन अवधिलाई मनि अवधिको रुपमा प्रयोग नहोस्: रवि लामिछाने ★   फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु ★   माओवादी नेता हरिवोल गजुरेलको दाबी – सुहाङले जितीसके ★   कृषिमा कायापलट ल्याउन अबको १५ वर्ष कृषिलाई प्राथमिकता दिन जरुरी: कृषिमन्त्री साह ★   प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियत धान्न सम्भव छैन: कुलमान घिसिङ ★   सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नुपर्छ – सुहाङ ★   यस्तो छ इरफान पठानले टी–२० विश्वकपका लागि छानेको भारतको १५ सदस्यीय टोली ★   एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै

‘लघुवित्तका पिता’ पन्तको निधन



काठमाडौं, भदौ २२ । नेपालको लघुवित्तका पिता भनेर चिनिने डा. हरिहरदेव पन्तको ७२ वर्षको उमेरमा निधन भएको छ ।

फोक्सोको क्यान्सरका कारण बिरामी पर्नुभएका पन्तको काठमाडौँको अनामनगरमा रहेको आफ्नै निवासमा सोमबार बेलुका निधन भएको हो ।

नेपालमा लघुवित्त भित्र्याउने श्रेय पाएका पन्तलाई सरकारले ‘फादर अफ माइक्रो फाइनान्स’ भनेर सम्मान पनि गरेको थियो । उनको अवधारणा र नेतृत्वमा नेपालमा निर्धन उत्थान बैंक पहिलो लघुवित्त बैंककको रुपमा स्थापना भएको हो ।

नेपाल राष्ट्र बंैकका पूर्व डिपुटी गभर्नरसमेत रहेका पन्तले राष्ट्र बैंकमा रहेका बेला र निर्धन उत्थान बैंकको स्थापनापछि पनि नेपालको गरिबी निवारण र वित्तीय संस्थामा गरिबको पहुँच बढाउन ठूलो योगदान गरेका थिए ।

डा. पन्तसँग झन्डै दुई दशकसँगै काम गरेका लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश शर्मा नेपालमा लघुवित्तको जुन विकास भएको छ, त्यसको मुख्य श्रेय उनलाई नै जाने बताउँछन् ।

बङ्लादेशमा लघुवित्तले गरेको उदाहरणीय काम हेरेर स्वदेश फर्केपछि उनले सुरु गरेको लघुवित्त अभियान अहिले दर्जनाँै लघुवित्त बैठकमार्फत चलिरहेको छ भने लाखाँै ग्रामीण बासिन्दा लाभान्वित भएका छन् । रासस