• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

संविधानसभा बैठक तीन घन्टा सर्‍यो



काठमाडौँ, भदौ २२ । संविधानसभाको बैठक तीन घन्टाका लागि सारिएको छ ।

मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएकोमा दिउँसो २ बजे बस्ने गरी बैठक सारिएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

संविधानसभामा मंगलबारदेखि नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि दफावार छलफल हुने कार्यक्रम रहेको छ ।